११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कोरोनाका कारण स्थगित भयो भक्तपुरमा बिस्केट जात्रा



कोरोनाका कारण भक्तपुरमा बिस्केट जात्रा स्थगित भएको छ । भिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार बसेको बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो। बैठकले गत वर्ष जस्तै यस वर्ष पनि जात्रा नगर्ने निर्णय गरेको हो।

जात्रामा भक्तजनको भीड हुने यसले संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुनसक्ने भन्दै बिस्केट जात्रा रोक्ने निर्णय बैठकले गरेको हो ।

‘हाल मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरूमा कोभिड संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको छ। भक्तपुर जिल्लामा मनाइने विस्केट जात्रामा लिङ्गो ठड्याउने तथा रथ तान्ने काममा हजारौं भक्तजनहरू सहभागी हुने गरेको तथा  सो भिडभाडले कोभिड १९ को संक्रमण फैलन गई भयाभयको अवस्था सिर्जना हुनसक्ने सम्भावना रहेकाले षस वर्षको विस्केट जात्रामा पूजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिङ्गो ठड्याउने काम गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने,’ निर्णयमा भनिएको छ।

बैठकमा भक्तपुर जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाललगायतको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !