१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कम तौलको डन्डी बेच्‍ने राजेश हार्डवेयरलाई ३ लाख जरिवाना



वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजेश हार्डवेयरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ  । उक्त हार्डवेयरले कम तौलको फलाम/डन्डी बिक्री गरेको अभियोगमा विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ (कं) बमोजिम जरिवाना गरेको हो ।

‘हार्डवेयरले अनुचित व्यापारिक क्रियाकलाप गरेको आधारमा तत्काल ३ लाख जरिवाना गरेका छौं,’ विभागका प्रवक्ता शिवराज सेडाईले भने, ‘उक्त हार्डवेयरउपर विस्तृत अनुसन्धान र छानबिनपश्चात् थप सजाय गर्छौं ।’

सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले कम तौलका फलामे/डन्डी बिक्री गरेर उपभोत्ता ठगी गरेको पाइएको थियो । शुक्रबार उपभोक्ताले खरिद गर्दा तौलमा शंका लागेपछि बालाजु प्रहरीमा पुर्‍याएका थिए । त्यसपश्चात् ठगी गरिरहेको पुष्टि भएको थियो ।

शनिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र प्रहरीसहितको टोलीले डन्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो । कम तौल भेटिएपछि बस्तुहरु नियन्त्रणमा लिई सटर शिलबन्दीसमेत गरेको थियो


प्रतिक्रिया दिनुहोस !