१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

ज्वाला सिंहको नाममा चन्दा माग्ने ४ जना पक्राउ



काठमाडौं : ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा बाँकेको नेपालगञ्जबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उप–महानगरपालिका–२२ स्थित पुरैनिबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्तीसोनरी गाउँपालिका घर भएका २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी उर्फ मर्गनाथ, बर्ष ४० का भीम बहादुर भण्डारी र दाङको तुल्सीपुरका ज्योती प्रकाश चौधरी छन् । राप्तीसोनारी गाउँपालिका–५ जुरपानी बस्ने एकजना पुरुषलाई विगत १ हप्तादेखी सो समुहले फोन गरेर २ लाख चन्दा मागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !