१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कभर स्टोरी : दुई हजार भारतीय सुरक्षाकर्मीलाई माओवादीको १ बटालियनले कसरी बनायो तहसनहस ?



काठमाडौं : लामो समयदेखि भारतमा शसस्त्र संघर्ष गरिरहेको भारतीय कम्युनिस्ट पार्टी माओवादीले भारतको छत्तिसगढ राज्यको सुक्माको सिमानाको बिजापूर क्षेत्रमा माओवादीको एक नम्बर बटालियनले भारतीय कोब्रा र डिआजीका २०५९ जवानमाथि आक्रमण गरी करिब २४ जनाको ज्यान लिएपछि विश्व नै तरंगित बनेको छ । विश्वकै शक्तिशाली देश मानिने भारत कसरी माओवादीसँग पटक/पटक पराजयको तितो स्वाद लिन बाध्य भईरहेको छ । पाकिस्तानमाथि सर्जिकल स्टाईक गरेर बिना कुनै क्षती आफ्नो देश फकिने भारतीय सुरक्षा निकाय, आफ्नै देशमा माओवादी बिरुद्ध अपरेसन चलाउदा उल्टै २४ जवानको ज्यान गुमाएर फिर्ता भयो । पिपुल्स लिबरेसन गुरिल्ला आर्मीका कमाण्डर हिडमाको खोजीमा २०५९ जवान रहेको कोब्रा फौजलाई माओवादीको सानो टुकडीको घातक आक्रमणमा भयानक क्षती ब्योहोर्न बाध्य भयो भन्ने बिषयमा सुष्म विश्लेषण भईरहेको छ । माओवादी बिरुद्धको भारतीय सुरक्षा निकायको अपरेसन असफल भएपछि खुपीया एजेन्सीले दिएको रिपोर्ट गलत भएको आशंका पनि गरिएको छ । त्यस्तै अर्कातर्फ भारतीय सुरक्षा अधिकारीहरुले बनाएको अपरेसनका गोप्य योजनाहरु माओवादीहरु कहाँ पुगेको भारतीय सञ्चारमाध्यमहरुले प्रश्न उठाईरहेका छन् ।

माओवादी बिरुद्ध भारतीय सुरक्षाकर्मीको प्रोएक्टिभ अपरेसन
सुक्मा जिल्लाको बिजापुरमा राती अत्याधिक हतियारलेस भारतीय सुरक्षा फौज माओवादी छापामारको एक नम्बर बटालियन कमाण्डर हिटमाको खोजीमा जंगल प्रबेश गर्यो । माओवादीमाथि घात लगाउन गएका सुरक्षाकर्मी उल्टै माओवादीको आक्रमणमा परे । प्रोएक्टिभ अपरेसन नाम दिईएको सो अपरेसनलाई क्षतविक्षत पार्न माओवादी सफल भयो । अहिले भारतमा अपरेसन गडबड भएको आकलन भईरहेको छ । माओवादीहरुले फेबरोररीदेखि अप्रिलसम्म ट्याक्टिकल अपरेसन चलाउने गर्दछन् । माओवादी बिरुद्ध छत्तिसगढ प्रहरी र सीआरपीएफको संयुक्त फौज चर्चित कमाण्डर हिटमाको खोजीमा गएको थियो तर माओवादी छापामारहरुले जंगल क्षेत्रमा भारतीय २०५९ जना सुरक्षाकर्मीमाथि भीषण आक्रमण गरे । त्यसपछि तीन तिर गएका एक फौजको सम्पर्क बिच्छेद भएको थियो । भारतीय सुरक्षाकर्मीको अपरेसन असफल पार्न माओवादीले एलएमजी, रकेट लन्चरजस्ता हतियारको प्रयोग गरेका थिए ।

हिडमा कमाण्डर रहेको खुपीया रिपोर्ट नै गलत
बिजापूर अपरेसनअसफल भएपछि भारतीय सुरक्षा जानकारहरुले हिडमा रहेको गलत रिपोर्ट पाएको हुन सक्ने बताईरहेका छन् । तर अर्काथरीले भने हिठमा रहेको घात लगाउन गएका सुरक्षाकर्मी नै आक्रमणमा परेको घटनालाई अपरेसनमा गडबडी अर्थात् योजना नै अपरिपक्क रहेको बताउँछन् । डेढ सयदेखि २०० नक्सली भएको खुपिया रिपोर्टपछि २०५९ जनाको संयुक्त अपरेसन चलाइएको थियो ।

तीन तिरबाट हमला ।
सानो संख्यामा रहेका माओवादी छापामारहरुले यू आकारको एम्बुस थापेर ठूलो फौलाई परास्त गरेका थिए । करिब ४ घण्टासम्म माओवादी र भारतीय सुरक्षाकर्मीको बीचमा भीडन्त भएको थियो ।

हिटमाकै योजनामा एक दशकदेखि ठूला-ठूला फौजी अपरेसन

भारतीय माओवादीले सन् २०१० पछि राज्यका बिरुद्ध घनिभूत हमला गरिरहेको छ । यो भन्दा पहिले ६ अप्रिल २०१० मा ताडमेटलामा ७६ सीआरपीएफका जवानले ज्यान गुमाए । २५ मे २०१३ मा झिरम घाटीमा कांग्रेस नेतासहित ३२ जनाको ज्यान गएको थियो । त्यसै गरी २५ अप्रिल २०१७ मा सुकमाको बुरकापालमा माओवादीले थापेको एम्बुसामा परी ३२ सीआरपीएफ को मृत्यु भएको थियो भने गत बर्षको २१ मार्च २०२० मा १७ जवानको मृत्यु भएको थियो यी सबै ठूला अपरेसनको नेतृत्व हिटमाले गरिरहेको भारतीय सुरक्षा निकाय र खुपीया एजेन्सीहरुले दाबी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !