१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

जनस्वास्थ्यको मापदण्ड पालना नगरे जेठ–असारमा कोरोना उच्च बिन्दुमा पुग्ने



काठमाडौं : सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि बढ्ने निष्कर्ष निकालेको छ । जनस्वास्थ्यको मापदण्ड पालना नगरे जेठ–असारमा कोरोना अर्को उच्च बिन्दुमा पुग्ने निष्कर्षमा सरकार पुगेको हो । सोमबर संसद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको संख्या बढ्दै गएको बताउदै जेठ–असारसम्ममा कोरोना अर्को उच्च बिन्दुमा पुग्ने खतरा बढेको जानकारी दिए । छिमेकी देश भारतमा कोरोना संक्रमण बढेकाले नेपालमा पनि बढ्न सक्ने सरकारको आँकलन रहेको उहाँले बताउनुभयो । यसका लागि जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना हुनुपर्ने उहाँको भनाइ थियो ।

 


प्रतिक्रिया दिनुहोस !