८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मन्त्री त्रिपाठीको झटारो : प्रधानमन्त्रीले मात्र होईन, गगन थापाले पनि स्वास्थ्य मापदण्ड उल्लंघन गरे



काठमाडौं : प्रतिनिधिसभा बैठकमा सांसदहरुले कोरोना महामारीको नियन्त्रण गर्न जोड मात्र गरेनन् । एकले अर्काले स्वास्थ्य मापदण्ड मिचेको भन्दै आलोचनासमेत गरे । प्रतिपक्षी राजनीतिक दलका नेताहरुले कोरोना महामारी नै नभएजस्तो गरी राष्ट्रपतिदेखि प्रधानमन्त्री र दलका नेतासम्मले विभिन्न कार्यक्रम गरेको भन्दै आलोचना गरे । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिएपछि सांसदहरुले प्रश्न तथा सुझाव दिँदै कोरोना रोकथाममा जोड दिएका हुन् । सांसदहरुले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई यसबारे केन्द्रित रहेर प्रश्न तथा सुझाव पनि दिए ।

कांग्रेस नेता गगन थापाले होली नखेल भन्ने सरकारका प्रधानमन्त्री हजारौं मान्छे लिएर रंगशाला फुटबल हेर्न गएको भन्दै आलोचना गरे । उनले भने, होली नखेल भन्ने सरकारका प्रधानमन्त्री हजारौं मान्छे लिएर रंगशाला फुटबल हेर्न जानुभयो । सम्माननीय राष्ट्रपतिज्यूबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भइरहेको छ । सरकारको र हाम्रो पनि सभा चलिरहेको छ । जनतालाई भन्छ पर्व नगर । छानीछानी हो र सरकारलाई लाग्ने जनतालाई नलाग्ने रु सरकारको धारणा के हो रु पहिलो चरणमा कोरोना अघि–अघि जनता र सरकार पछिपछि भए, मन्त्रालयले के सिक्यो, म जान्न चाहन्छु भन्दै प्रधानमन्त्री ओलीदेखि राष्ट्रपतिको आलोचना गरे । तर गगन थापालाई काउन्टर गरे स्वास्थ्यमन्त्री त्रिपाठीले ।

स्वास्थ्य मन्त्री त्रिपाठीको झटारो, प्रधानमन्त्रीले मात्र होईन, गगन थापाले पनि स्वास्थ्य मापदण्ड उल्लंघन गरेस्वास्थ्य मन्त्री त्रिपाठीको झटारो, प्रधानमन्त्रीले मात्र होईन, गगन थापाले पनि स्वास्थ्य मापदण्ड उल्लंघन गरे पार्टीहरुले, नेताजीहरुले, प्रम, भूतपूर्व प्रम सबैले नै जुन सभा गर्नुभयो, स्वास्थ्य मन्त्रालयले त थुन्न सक्ने भएन । सबैलाई मम मम गरौं न । कार्यकर्ताले कोरोनालाई त त्यसै धपाइदिन्छन् भनेजस्तो नगरौँ । त्यस्तै मन्त्री त्रिपाटीले अगाडी भने, स्वास्थ्य मापदण्ड मापदण्ड पालनामा सबै पक्ष जिम्मेवार हुनु पर्छ । मन्त्री त्रिपाठीले गगन थापाले पनि स्वास्थ्य मापदण्डको उलंघन गरेको भन्दै झटारो हाने । ‘गगन थापा नै मेरो क्षेत्रमा गरेर सभा गरेर मापदण्ड उल्लंघन गर्नुभएको थियो । मैले सांसदकै रुपमा सोच्दा पनि राजनीतिक वृत्तमा भइएन,’ उनले भने । त्यस्तै स्वास्थ्यमन्त्री त्रिपाठीले सरकारले सञ्चालन गरेको खोप अभियान निशुल्क रहेको भन्दै बजेट पनि पर्याप्त रहेको प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस !