७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

जात्रा रोकेकोमा भक्तपुरमा विरोध



जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा रोक्ने निर्णय गरेकोमा भक्तपुरमा विरोध भएको छ । पाँचतले न्यातपोल मन्दिर अगाडि जम्मा भएका गुठियारहरुले सोमबार जात्रा रोक्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।

जात्राका निम्ति रथ बनाउन थालेको एक महिना भइसकेको बेला जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिम बडेको भन्दै जात्रा रोक्ने निर्णय गरेको थियो । स्थानीयले भने यसलाई नेवाः संस्कृतिमाथि सरकारी हस्तक्षेप भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !