१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सिक्किममा भूकम्प गयो, धक्का नेपालसम्म



काठमाडौं- भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो ।

‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !