१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दोस्रो डोजको खोप तालिका सार्वजनिक, वैशाख ७ देखि १९ गतेसम्म



कोभिड–१९ विरुद्धको दोस्रो डोजको खोप तालिका सार्वजनिक भएको छ । सरकारले पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ गतेदेखि १९ गतेसम्म दिने भएको हो ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को निर्णयअनुसार माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोजको खोप लगाएकाहरुले वैशाख ७ गते दोस्रो डोजको खोप लगाउँन पाउनेछन् । यस्तै माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाले वैशाख ८ गते, माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाले वैशाख ९ गते दोस्रो डोज लगाउन पाउने छन् ।

माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाले वैशाख १० गते तथा  माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाले वैशाख ११ गते खोप लाउनु पर्ने हुन्छ । खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमका अनुसार ७ लाख डोज खोप मौज्दात रहेको  छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारले खोप लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !