१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई मैले गृहमन्त्री बनाए : प्रचण्ड



काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीमा समर्पित नेता कार्यकर्तालाईभन्दा पनि अवसरवादीहरूलाई अघि सारेर गल्ती गरेको बताएका छन् । ३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा रुकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफूबाट अब त्यस्तो गल्ती नदोहोरिने बताए । उनले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापाको नाम नलिएरै हिजो पार्टी विभाजन गरेर फेरि पार्टीमा फर्किएकालाई पार्टीमा उच्च तहको जिम्मेवारी दिनु गल्ती भएको बताए ।

उनले भने, ‘पार्टी विभाजन गरेर गएका र पछि आएर गल्ती भयो कमरेड भन्नेलाई मैले उदारतापूर्वक पार्टीको माथिल्लो तहमा जिम्मा दिएँ । २०७० को चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई मैले गृहमन्त्री बनाएँ । सायद मैले गल्ती गरेँ । ‘जनयुद्ध’ र जनआन्दोलनका उपलब्धीहरूमाथि प्रहार गर्ने षड्यन्त्र अहिले पनि भइरहेको प्रचण्डले बताए । उनले भने, ‘जनयुद्धका उपलब्धीमाथि प्रहार गर्ने षड्यन्त्र अहिले पनि जारी छ । षड्यन्त्र रोकिएको छैन ।’


प्रतिक्रिया दिनुहोस !