१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पछिल्लो २४ घण्टा २६० जना कोरोना संक्रमित थपिए



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा २६० जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ४३ पीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ११३ जना कोरोना संक्रमणमुक्त भएका छन्। साथै हालसम्म २ लाख ७३ हजार ४ सय ५५ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ९ सय ७९ जना आइसोलेसनमा छन् ।


प्रतिक्रिया दिनुहोस !