spot_img
Saturday, April 17, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

बादल बाहेक एमालेमा प्रवेश गरेका सबै मन्त्रीलाई माओवादीले गर्यो कारबाही

spot_img
spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका संघीय संसदका चार जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेको हो । उनीहरुलाई पार्टी सदस्य र सांसद पद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको छ । गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरिएको पत्र भने संसद सचिवालयमा दर्ता गरिएको छैन ।

उर्जामन्त्री रायमाझी अर्घाखाँची–१, उद्योगमन्त्री भट्ट कैलाली–४, शहरी विकासमन्त्री साह रौतहट–३ र श्रममन्त्री रहेका चौधरी कैलाली–३ बाट निर्वाचि भएका हुन् । माओेवादी केन्द्रको कारबाहीसंगै उनीहरुको सांसद पद भने खोसिने भएको छ । गृहमन्त्री रामबहादुर थापाको विषयमा भने कुनै निर्णय गरिएको छैन । यस्तै सांसद नरहेका तर ओली सरकारमा मन्त्री रहेका खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापाको विषयमा पनि कुनै निर्णय गरिएको छैन ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: