१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

यसपालि मात्र ४९३ जना अर्बपतिको सूचीमा थपिए, हरेक १७ घन्टामा एक जना अर्बपति



फोर्ब्स म्यागजिनले मंगलबार प्रकाशित गरेको २ हजार २ सय ५५ जना अर्बपति सूचीमा अमेजनका संस्थापक जेफ बेजोस यसपालि पनि सूचीको पहिलो नम्बरमा छन्। उनको सम्पत्ति १७७ अर्ब डलर छ। त्यस्तै टेस्लाका मालिक एलन मस्कको सम्पत्ति १५१ अर्ब डलर पुगेको छ। गत वर्ष २४।६ अर्ब डलरसहित सूचीको ३१ औं स्थानमा रहेका मस्क यसपालि सोझै नम्बर २ मा पुगेका हुन्।

यसपालि मात्र ४९३ जना अर्बपतिको सूचीमा थपिएका छन्। अर्थात् गत वर्ष हरेक १७ घन्टामा एक जना अर्बपति बनेका छन्। तीमध्ये पनि २०५ जना चिनियाँ नागरिक थिए।

तर सबैलाई सधैँ पैसा कमाइरहन कहाँ सक्छन् र ?

अमेरिकीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति यसपालि स्वाट्टै घटेको छ।

फोर्ब्सको सूचीमा ट्रम्प अघिल्लो वर्षभन्दा तीन सय स्थान तल झरेका छन्। अहिले उनी संसारका अर्बपतिको सूचीमा १२९९ औं स्थानमा छन्। सन् २०१७ मा राष्ट्रपतिको सपथ लिँदा ट्रम्पसँग साढे ३ अर्ब डलरको सम्पत्ति थियो अहिले त्यो घटेर २।४ अर्ब डलरमा पुगेको छ।

पछिल्लो समय उनले रिटेल लोकेसन, होटेल र गल्फ रिसोर्टमा धेरै सम्पत्ति गुमाएका छन्।

यी हुन् सन् २०२१ मा विश्वका १० सर्वाधिक धनी व्यक्तिः 
१. जेफ बेजोस, अमेरिका (अमेजन) – १७७ अर्ब डलर
२. एलन मस्क, अमेरिका (टेस्ला, एपेसएक्स) – १५१ अर्ब डलर
३. बर्नार्ड आर्नल्ट, फ्रान्स (एलभीएचएम, क्रिष्टियन डायोर, सेफोरा) –
४. बिल गेट्स, अमेरिका (माइक्रोसफ्ट) – १२४ अर्ब डलर
५. मार्क जुकरबर्ग, अमेरिका (फेसबुक) – ९७ अर्ब डलर
६. वारेन बफेट, अमेरिका (बर्कशायर हाथवे) – ९६ अर्ब डलर
७. ल्यारी एलिसन, अमेरिका (सफ्टवेयर) – ९३ अर्ब डलर
८. ल्यारी पेज, अमेरिका (गुगल) – ९१.५ अर्ब डलर
९. सर्जी ब्रिन, अमेरिका (गुगल) – ८९ अर्ब डलर
१०. मुकेश अम्बानी, भारत (रिलाइन्स ग्रुप अफ इन्डष्ट्रिज) – ८४.५ अर्ब डलर


प्रतिक्रिया दिनुहोस !