१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

गृहमन्त्रालयद्वारा सहसचिव, प्रजिअ र उपसचिवहरुको सरुवा, आठ जिल्लाका सिडिओ हेरफेर



सरकारले सहसचिव, प्रमुख जिल्ला अधिकारी र उपसचिवहरुको पदस्थापन र सरुवा गरेको छ ।

गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरेको छ । त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा पठाइएको छ । त्यस्तै गृहमन्त्रालयका सहसचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

कास्कीका प्रजिअ गुरुदत्त ढकाललाई सोही जिल्लाको इलाका प्रशासन कार्यालय लेखनाथमा पठाइएको छ भने त्यस कार्यालयका कृष्णचन्द्र पौडेललाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बुधबार मन्त्रीस्तरीय निर्णयले २६ जनाको जिम्मेवारी हेरफेर गरेको हो ।


प्रतिक्रिया दिनुहोस !