१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सार्वजनिक विदाको दिन पनि राजस्व काउन्टर खोल्न केन्द्रिय बैंकको निर्देशन



नेपाल राष्ट्र बैंकले शनिबार लगायतका जुनसुकै सार्वजनिक विदा परेतापनि २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको छ।

केन्द्रिय बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खोली राजस्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

केन्द्रिय बैंकले बैंकका क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत पूर्ण रुपमा खुल्ला गर्न भनेको हो।


प्रतिक्रिया दिनुहोस !