१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चलचित्र ‘माइतीघर २’ मा अभिनेता अनमोलको मुख्य भूमिका



काठमाडौं । चलचित्र ‘माइतीघर २’ बन्ने भएको छ । यो चलचित्र निर्माता भुवन केसीले निर्माण गर्ने भएका छन् । यो चलचित्रलाई निर्माता केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् । यो चलचित्रमा अभिनेता अनमोलको मुख्य भूमिका रहने छ जनाइएको छ । सन् १९६६ मा प्रदर्शन सुपर हिट चलचित्र माइतीघरको दोश्रो सिक्वेल निर्माण गर्न लागेको हो । यस चलचित्रको प्रीक्वेलमा भारतीय अभिनेत्री माला सिन्हा र सिपी लोहनी मुख्य भूमिकामा थिए । यो चलचित्रलाई सुवोध चोपडाले निर्देशन गर्दैछन् । नायिका भने फाइनल गरिएको छैन । कोभिडको जोखिम कम भएमा वैशाखबाटै ‘पारस वा माइतीघर २’ मध्ये एक चलचित्रको छायांकन सुरु गर्ने भूवनले बताए ।


प्रतिक्रिया दिनुहोस !