१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आजबाट विश्वको सबैभन्दा महंगो क्रिकेट लिग आईपीएल सुरु हुँदै



काठमाडौं । विश्वको सबैभन्दा महंगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग आजबाट सुरु हुने भएको छ । चेन्नईमा हुने ​उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरले भिड्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरू भएका टिम मानिन्छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले आईपीएलको १४औं लिगमा आफ्ना धेरै नियमहरू परिवर्तन गर्न लागेको छ । बोर्डले अन फिल्ड सफ्ट सिग्नलको नियमलाई हटाउँदै एक पारी ९० मिनेटभित्र सक्नुपर्ने नियम बनाएको छ । पहिला २० औं ओभर ९० मिनेटमा सुरु गनुपर्ने नियम भएकोमा अहिले निर्धारित ९० मिनेटमा २० ओभरको खेल सक्नुपर्नेछ । कुनै कारणले २० ओभरको खेल नभएको खण्डमा हरेक ओभरलाई ४ मिनेट १५ सेकेण्डको हिसाब गरेर समय तय गरिने बीसीसीआईले जनाएको छ ।

यदि कुनै पनि टीमले समय खेर पालेको पाएमा चौथो एम्पाएरको भूमिका अन्यन्त महत्वपूर्ण हुनेछ । समयमा पूरा नगरेको खण्डमा संशोधित ओभर रेट नियम र बलिङ गर्ने टीमलाई चेतावनी दिने अधिकार अब चौथौ अम्पाएरलाई दिइएको छ । फिल्डमा भएको अम्पाएरको संकेतको असर थर्ड अम्पाएको निर्णयमा नपर्ने नियम पनि बीसीसीआईले थप गरेको छ । यसको मतलब खेलको दौरान फिल्डमा भएको अम्पाएरले थर्ड अम्पाएरको मद्दत लिने क्रममा सफ्ट सिग्नलको इशासा गर्न पाइनेछैन । फिल्ड अम्पाएरका कारण थर्ड अम्पाएरलाई निर्णय लिन सजिलो होस् भन्ने उद्देश्यले यो नियम राखिएको हो । यो नियमका कारण विवाद उत्पन्न नहुने बीसीसीआईको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !