१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

दक्षिण चीन सागरमा आमनेसामने चीन र अमेरिका, चीनले पनि थाल्यो खतरनाक सैन्य अभ्यास



काठमाडौं : चिनियाँ जनताको मुक्ति सेनाले अमेरिकी सैनिकका गतिविधि बढेको भन्दै त्यसको काउन्टरका लागि ताइवान टापु नजिकै ठूलो मात्रामा सैन्य अभ्यास जारी गरिरहेको छ । ताइवानमा पृथकतावादीहरूले उत्तेजक गतिविधि गररेको भन्दै त्यसका काउन्टरका लागि सैन्य अभ्यास थालको चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबलटाईम्सले जनाएको छ । अमेरिकाले ताइवान स्ट्रेट्स मार्फत युद्धपोत पठाएपछि चीन पनि आक्रमक बनेको हो । बुधवार र ताइवान स्वतन्त्रता सेनाहरुलाई समर्थन जनाए, पीएलएले पनि यस टापुमा एक विमान वाहक टास्क समूह र युद्धक विमानहरु संग अभ्यास गर्दै थियो। ताइवान अलगाववादीहरू र अमेरिकाले चिनियाँ मुख्य भूमि र पीएलएलाई “ताइवान अलगाववादको मामलामा युद्धको तयारीलाई बढावा दिन बाहेक अरू कुनै विकल्प नछोडेको ग्लोबल टाईम्समा उल्लेख छ ।

अभ्यासमा पीएलएका १५ विमान, एट जे १० र चार जे १ ज्ञट लडाकू जेट, एक वाई एट एंटी पनडुब्बी युद्ध विमान र दुई केजे लगायतका अत्याधुनिक युघ सामग्री सहितका हतियार लिएर प्राम्भिक चेतावनीका लागि चिनिँया विमान बुधवार ताइवानको स्वघोषित दक्षिणपश्चिमी क्षेत्रमा प्रवेश गरेका थिए । त्यस्तै पीएलए को ७३ औँ औं समूह सेनासँग सम्बद्ध संयुक्त हतियार बटालियनले हालैका दिनहरुमा पूर्वी चीनको फुजियान प्रान्तको दक्षिणी भागमा सैन्य अभ्यास गरिहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !