७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

ब्लड क्यान्सर पीडित रिता बोहराका लागि सुदुरपश्चिमेली समाजले पठायो सहयोग



काठमाडौं : सुदुरपश्चिमेली नेपाली समाज मलेसियाले ब्लड क्यान्स पीडित रिता बोहोराको उपचारका लागि आर्थिक संकलन अभियान संचालन गरी रु ७६,७२७.७५ (छहत्तर हजार सात सय सत्ताइस रुपैया पचहत्तर पैसा) पठाएको छ । रगत क्यान्सर रीता बोहरा बचाउ अभियानमा जोडिएका मलेशियामा रहेका नेपालीहरुले सो रकम उपचारका लागि पठाएका हुन् । रिता बोहोराको हाल उपचार भईरहेको उनको पारिवारिक स्रोतले जनाएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले उनका परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका थिए । अहिले रिता बोहोराको स्वास्थ्य अवस्था निकै सुधार भईरहेको छ । पहिलो चरणको उपचार सकिएर दोस्रो चरण्को उपचार भईरहेको छ । रीता बोहारा बचाउ अभियानको टिम र उनको परिवारले सहयोगहरु प्रति अभार प्रकट गरेको छ ।


प्रतिक्रिया दिनुहोस !