११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

हमईपीएलको पहिलो खेलमा बैंग्लुरुको रोमाञ्चक जीत



काठमाडौं : शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति चेन्नइमा सम्पन्न खेलमा बैंग्लुरुले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा बैंग्लुरुका एबी डिविलियर्स​ले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ग्लेन माक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बई टीमले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको जुन लक्ष्य बैंग्लुरुले अन्तिम बलमा ८ विकेट खर्चिएर पुरा गरेको हो । मुम्बईको नेतृत्व रोहित शर्माले गरेका छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गरेका छन् । यसअघि बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेका थियो भने तीनै पटक उसले हार ब्यहोरेको थियो । बैंग्लुरु सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहेको छ ।

यस्तै आजको खेलमा पराजित बनेको मुम्बईले सन् २०१३ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले सबैभन्दा बढी ५ पटक उपाधि जितेको थियो । आजको खेलमा ब्याटिङतर्फ मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाए भने इशास किसानले २८ र कप्तान रोहित शर्माले १९ रन बनाए । यस्तै सूर्य कुमार यादवले ३१ र हार्दिक पाण्डेले १३ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । आईपीएलको अर्को खेल शनिबार चेन्नइ सुपर किग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस !