७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिए



काठमाडौं । अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुले सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा सो घटना भएको हो । लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाइ छ । देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !