७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नेपाल प्रहरीका ३ सय ६६ जना इन्सपेक्टरको सरुवा



काठमाडौं । नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालले नयाँ वर्ष २०७८ सालको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीाबट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरेको हो । वर्षैपिच्छे प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरुको सरुवा गर्ने गरेको छ । तर, विभिन्न कारणवश पछिल्लो चार महिनादेखि इन्सपेक्टरहरुको सरुवा गर्न असमर्थ रहेको थियो । हालका इन्सपेक्टरहरु ७ पुष ०७६ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा खटिदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयको सूचीअनुसार पहिलो नम्बरमा हेटौँडाबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा अच्युत गिरी सरुवा भएका छन् । अनमोल खड्का प्रहरी प्रधान कार्यालय नक्सालबाट मोरङमा सरुवा भएका छन् । अनिलकुमार पौडेल पथरी मोरङबाट दुबही सुनसरीमा, अनिल थापा महाराजगन्ज काठमाडौंबाट सुर्खेत, अनिल पण्डित नुवाकोटबाट काठमाडौंमा सरुवा भएका छन् । यसैगरी सुनसरी दुहवीका इन्सपेक्टर अनिल माबोहाङ झापा, अनिलराज गिरी रुपन्देहीबाट सिन्धुली, अनिश बूढाथोकी प्रहरी प्रधान कार्यालय नक्सालबाट काभ्रेपलाञ्चोक, अनिष भण्डारी कैलालीबाट महानगरीय अपराध महाशाखा टेकुमा सरुवा भएका छन् । रुपन्देही स्थित इलाका प्रहरी कार्यालय बेलहियामा नविन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा ज्ञान बहादुर माझी र सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा अनिलराज गिरीलाई सरुवा गरिएको छ ।

सरुवा सूची हेर्नुहोस्

https://drive.google.com/file/d/1c1SAbamyeVXeQGraFqMofBRx3w0ioNdV/view


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय