१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमालेका कार्यकर्ताले मलाई नयाँ मदन भण्डारी भनेपछि ओलीले एकता नै भाडेँ : प्रचण्ड



काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा रहँदा आफूलाई एमालेका नेता तथा कार्यकर्ता पार्टीमा अर्को नयाँ मदन भण्डारी भेटियो भनेर उत्साहित भएको बताएका छन् । शनिबार नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समितिद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रचण्डले भने, ‘कमरेड तपाईँले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो । पार्टीमा हाम्रो यस्तो कमाण्ड देखेपछि ओली अत्तालिए । अनि जालझेल सुरू गरे ।’ एमाले कार्यकर्ताले प्रचण्डमाथि ठूलो विश्वास गरेको देखेपछि अध्यष केपी शर्मा ओलीले प्रतिगामीहरुसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको उनको भनाई थियो ।

अब, विभिन्न पार्टीहरूसँग मोर्चाबन्दी भएर प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई विदाइ गर्न आफूसँग एमालेको एउटा पक्ष रहेको पनि अध्यक्ष प्रचण्ड बताए । ‘एमालेको एउटा पक्षसँग हाम्रो मोर्चा छदैछ । हाम्रो पुरानो लभ छँदैछ । जसपासँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्नसक्छ । काँग्रेससँग कम्तिमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुनसक्छ । अनि, ओली चौथो हुन्छन् र विघटनतर्फ जान्छन् ।’


प्रतिक्रिया दिनुहोस !