८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भारतका अस्पतालमा बेड र अक्सिजन अभाव,संक्रमितको खुला आकाशमुनि नै उपचार



भारतमा कोरोना भाइरसको संक्रमणले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ लाख ४५ हजार संक्रमित थपिएका छन् ।

एक साता लामो लकडाउनका कारण शनिबार सुनसान देखिएको भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज रेल स्टेसन । तस्बिरः एपी ।

जुन महामारी सुरु भएयताकै उच्च हो । दिनकै १ लाखभन्दा बढी नयाँ संक्रमित थपिएको यो पाँचौं दिन हो । योसँगै संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ ।

तीमध्ये १० लाखभन्दा बढी संक्रिय संक्रमणको अवस्थामा रहेका भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी दैनिक मृत्यु हुनेको संख्या पनि बढ्दो छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ९४ जनाको संक्रमणका कारण ज्यान गएको छ । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४ सय २६ पुगेको छ ।

महामारीका कारण बिरामी संख्यामा अत्यधिक वृद्धि हुँदा अस्पतालहरूमा अक्सिजन र बेड अभाव हुन थालेको छ । जसले गर्दा संक्रमितहरूले समयमा उपचार नपाउने र अकालमा मृत्यु हुने परिस्थिति बन्दै गएको छ । पछिल्लो अवस्थालाई विज्ञहरूले नयाँ स्वास्थ्य संकटका रूपमा समेत चित्रण गरेका छन् ।
संक्रमित बढेपछि अस्पतालहरूमा अक्सिजन र बेडको अभाव हुन थालेको छ । बेड नहुँदा कतिपय बिरामीको खुला आकाशमुनि नै उपचार गरिएको छ । बेड नपाउँदा अस्पतालका मूल गेटमा बिरामी बोकेका एम्बुलेन्सका लाइन देखिन थालेका छन् । गुजरातको बडोदा र उत्तरप्रदेशको लखनउमा बिरामीले उपचार नपाएर छटपटिएका हृदयविदारक दृश्यहरू बाहिर आउन थालेका छन् ।
COVID-19 Cases: India Records Biggest Single-Day Jump As COVID-19 Count  Crosses 37,000


प्रतिक्रिया दिनुहोस !