१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन समाजवादी पार्टीको देउवालाई आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्ताव गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेको नेपाली काँग्रेसनिकट स्रोतले बताएको छ । आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन यादव र भट्टराईले प्रस्ताव गरेका हुन् ।

जसपाको उपेन्द्र–बाबुराम पक्षले राखेको यो प्रस्तावबारे देउवाका तर्फबाट कुनै जवाफ आइनसकेको स्रोतले बतायो । चैत २७ गते काँग्रेस र माओवादीसँग भएको छलफलमा जसपाका नेताहरुले आफ्नो पार्टीमा छलफल गरेर मात्रै सत्ता समीकरणबारे निर्णय दिने बताएका थिए । देउवानिवासमा बसेको तीन दलीय बैठकमा काँग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्रीमा समर्थन जनाउन जसपासँग प्रस्ताव राखेका थिए । देउवाको सोही प्रस्तावमाथि छलफल गर्न आज दिउँसो २ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाको पदाधिकारी बैठक बस्दैछ ।


प्रतिक्रिया दिनुहोस !