spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

घाँटीमा बाँसको भाटाले छेडिएर ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु

spot_img
spot_img
spot_img
spot_img

मोरङ : विराटनगर महानगरपालिका–८ मा बाबुछोराबीचको विवाद हुँदा छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो । गम्भीर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । घटनापछि २५ वर्षीय रवि फरार छन् । शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ । विकोका तीन छोरा र एक श्रीमती छन् ।

स्थानीय वासिन्दाका अनुसार मुखिया परिवारको झुप्रोमा मदिरा पसल थियो । राति अबेरसम्म पसल खोलेको भन्दै विको र छोरा रविबीच झगडा सुरु भएको थियो । त्यसै क्रममा रविले धकेल्दा घरको बार लगाएको बाँसको भाटा विकोको घाँटीमा उनिएको थियो । प्रहरीका अनुसार विकोको जेठो छोरा लेटु सहनी बिरामी भएर घरमै सुतेका थिए । जेठो छोरालाई अस्पताल लैजान बोलाइएको एम्बुलेन्समै राखेर घाइते विकोलाई अस्पताल लगिएको थियो । प्रहरीले सोधपुछका लागि जेठा र कान्छा छोरालाई नियन्त्रणमा लिएको छ । फरार रहेका माइला छोरा रविको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए ।

 

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: