१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कर्णालीमा नयाँ सरकार बनाउने कसरतमा एमाले



सुर्खेत । अदालतले माओवादी र एमालेलाई पूर्ववत अबस्थामा पुर्याएपछि एमालेले सरकारको साथ छोडेपछि मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा परेको छ । अलपमतमा परेको माओवादी नेतृत्वको सरकारलाई विस्तापित गर्न नयाँ सरकार गठनको कसरत शुरु भएको छ । सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीको राजिनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरिसकेका छन् । एमालेबाट प्रदेश सरकारमा सहभागि बनेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार स्वीकृत गरिसकेका छन् ।

आफ्नै नेतृत्वमा सरकार गठनको कसरत गरिरहेको नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजिनामाको प्रतिक्षा गरेको छ भने मुख्यमन्त्री शाही विश्वासको मत लिने तयारीमा रहेका छन् । ४० सदस्यीय प्रदेशसभामा सभामुख सहित नेकपा एमालेका २० जना, नेकपा माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका ६ जना र राप्रपाका १ जना सांसद रहेका छन् । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेसँगै उनको सांसद पद खारेजी भएको छ भने मुख्यमन्त्री शाही काँग्रेस, राप्रपा र एमालेका २ सांसदलाई ह्वीप उल्लघंन गर्न लगाएर विश्वासको मत लिने तयारीमा रहेका छन् । मुख्यमन्त्री शाहीले सहजै राजीनामा नदिएपनि बैशाख पहिला साता भित्र नयाँ सरकार गठनको प्रक्रिया हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस !