७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

देउवाले बोलाए पार्टी पदाधिकारीको बैठक



काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् । महाधिवेशनको तयारीका बारेमा छलफल गर्नका लागि सभापति देउवाले पदाधिकारीको बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले महाधिवेशन तयारीका लागि अहिले सम्पूर्ण ध्यान लगाएको छ । त्यसैका विषयमा छलफल गर्नका लागि आज पदाधिकारी बैठक बोलाइएको छ, उनले भने । कांग्रेसको १४ औँ महाधिवेशन २०७८ भदौ दोस्रो साता गर्ने निर्णय भएको छ । कांग्रेसले महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण लगायतका काम भइरहेको पौडेलले जानकारी दिए । त्यसलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।


प्रतिक्रिया दिनुहोस !