६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

नेपाल वन प्राविधिक संघको चुनावमा प्रगतीशील प्यानलका सबै उम्मेद्धार विजयी, अध्यक्षमा पौडेल



काठमाडौं : नेपाल वन प्राविधिक संघको अध्यक्षमा किरण पौडेल निर्वाचित भएका छन् । उनीसँग चुनावी मैदानमा उत्रिएका राकेश कर्णलाई पराजीत गर्दै पौडेल निर्वाचित भएका हुन् । हिजो सम्पन्न निर्वाचनमा प्रगतीशील प्यानलका सबै उम्मेद्धार विजयी भएका हुन् । जसमा उपाध्यक्षमा गायत्री कार्की,महासचिवमा कृष्णप्रसाद बस्ती,सह सचिवमा नवराज पुडासैनी,कोषाध्यक्षमा लालबाबु झा,सह कोषाध्यक्षमा अम्बिका प्रसाद खतिवडा निर्वाचित भएका हुन् । यस्तै कार्यसमिति सदस्यहरुमा डा मेनका कुमारी पन्त,नरेन्द्र अर्याल,भीममाया तमाङ,शेरबहादुर परियार,रोजीना श्रेष्ठ,रुपेश कालाखेती र दिपेश शर्मा छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय