१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

संसदीय प्रणालीको खारेजी गर्न जनमतसंग्रहमा जानु पर्छ : धर्मेन्द्र बास्तोला



????????????????????????????????????

गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदीय प्रणाली खारेजीका लागि जनमत संग्रहमा जानुपर्ने बताएका छन् । आइतबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले संसदीय प्रणाली अलोकतान्त्रिक भएको दावी गरे । संसदीय प्रणाली लागू भएको देशमा अलोकतान्त्रिक व्यवस्था देखिन्छ, नेपालमा पनि दलहरु यही प्रणालीमा फसिरहेका छन्, यसबाट बाहिर निस्कन हामी सबैलाई आग्रह गर्छौं बाूतोलालले भने । संयुक्त सरकारको कुरा आएमा आफूहरु सरकारमा जान सक्ने भन्दै नेता बास्तोलाले संसदीय प्रणाली रहेसम्म सरकारमा नजाने बताए ।

उनले राजनीतिक सहमति गरेर समुन्नत राजनीतिक प्रणालीमा जानुपर्ने धारणा राखे । यद्यपि त्यस्तो प्रणाली के हो भन्ने व्याख्या गरेनन् । सरकार र आफूहरुको पार्टी बीच भएको तीनबुँदे सहमति कार्यान्वयनको चरणमा अघि बढेको नेता बास्तोलाले बताए । ‘सहमति अनुसार पार्टी माथिको प्रतिबन्ध हटाइएको छ, पक्राउ परेका हाम्रा कार्यकर्ता रिहा गरी मुद्दा खारेज गरेपछि राजनीतिक समस्या समाधानका लागि सरकारसँग संवाद अघि बढाउँछौं’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !