८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पत्रकार प्रकाश विरुद्ध मुद्दा हाल्दै शिल्पा पोखरेल



काठमाडौं : झगडा र डिभोर्सको दलालबाट अझै पनि छुटकारा पाउन नसकेको जोडि हो अभिनेत्री शिल्पा पोख्रेल र निर्माता तथा डिस्ट्रीब्युटर छबिराज ओझा । यी २ को लफडा अझै पनि अदालतमा बिचाराधिन छ । यता शिल्पा पोख्रेलमाथी भने अर्को लफडा आईपरेको छ । भोजपुरी फिल्म ‘जय सम्भु’ मा अभिनय गरेपछि सोही फिल्मका निर्माता तथा निर्देशक सोनु खत्रीसंग अफयर छ भन्ने समाचार एक टेलिभिजन कार्यक्रममा बजेपछि उनि तनाबमा परिन् । उनीहरुबीच ४ वटा मुद्दा चलिरहेका छन् । अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन् । सो मु द्दा को वकालत स्वागत नेपालले गरेका छन् । यो विषयमा मिलेमतोको प्रयास गरेको अधिवक्ता स्वागत नेपालले बताएका छन् । एपि वान टेलिभिजनमा प्रसारित भिडियो सामग्रीमा सो कुराको खुलासा गरेका हुन् ।

शिल्पाका श्रीमान छविले आफु मिडियामा आउन नचाहेको बताएका छन् । मिडियामा आउन नचाहेका कारण संचारकर्मीको फोन आफुले नउठाएको उनले बताएका छन् । उनले आफुलाई न्यायलय प्रति विश्वास लागेको बताएका छन् । उनले मिलापत्र भइरहेको भन्ने विषयमा सोधिएको प्रश्नमा यस्तो जवाफ दिएका छन् । भिडियोमा शिल्पा भारतीय एक निर्देशसँग पनि नजिक रहेको कुरा उक्त रिर्पोटमा देखिएको छ ।

उक्त्त भिडियो टेलिभिजनमा आएपछि शिल्पाले स्ट्याटसमा “रजतपट’ नामक कार्यक्रममा संचारकर्मी प्रकाश सुवेदीले मेरो चरित्रहरण गर्नका निमित्त कतिसम्म निच हर्कत गरेका रहेछन त रु म मात्र होइन निर्माता निर्देशक सोनु खत्री र उहाँकी पत्नी कोमल खत्रीपनि उनको ‘पीत पत्रकारिता’को शिकार बन्नु भएको छ । तपाई लामो समयदेखि संचारगृहमा कार्यरत ‘पत्र‘’ के भन्ने सम्बोधन पनि छैन । तपाई कुन सिद्धान्तमा टेकेर पत्रकारिताको मर्म मारिरहनु भएको छ रु नेपालमा प्रचलित ‘सामाजिक उत्तरदायित्व’को सिद्धान्त के यहि हो ?

सम्मानित अदालतको विचाराधीन मुद्धामा कसैले पनि बोल्न उचित नहुने र कानुनी रुपमा नपाइने कुरा तपाई प्रकाश सुवेदीले बोलेर अदालतको मानहानी गरेको ठहर्दैन र ? ” भनेर लेखेकी छन् । यो संगै अब उनी सुवेदीबिरुद्ध कानुनी उपचारमा जाने तयारिमा रहेको डिथ्री अनलाइनलाई बताइन् । अब हार जितको कुरा आयो । कस्को हार कस्को जित भन्ने कुरा त आउने दिनमा पक्कै देखिने नै छ । यता सोनुले पनि आफ्नो सफाई दिएका छन् । एक भिडियोमा उनले आएको समाचार गलत रहेको बताएका छन् । सो भिडियोलाई पनि शिल्पाले सोही स्ट्याटसमा कोमलको भिडियो संगै राखेकी छन् ।

 


प्रतिक्रिया दिनुहोस !