१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

कोरियाले नेपालका लागि छुट्यो ५ हजार ४०० जनाको कोटा



काठमाडौं । दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी) ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने संख्या पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो । एचआरडीले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङ्ख्या परेका हो । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो ।

ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले यो पटक एचआरडीले सङ्ख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए । उनले भने, अघिल्ला वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने सङ्ख्या भनिएको छ, त्यसैले हामी पनि द्विविधामा छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ ।

निर्देशक गौतमले गएको जनवरीमै सूचना निकालेर एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पहिलो आधा वर्षका लागि गरेको प्रतिबद्धता नै कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उनले थपे । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस !