१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कोरोना संक्रमणबाट लुम्बिनी अस्पतालमा ३ जनाको मृत्यु



काठमाडौं : कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार बिहान ३ जनाको मृत्यु भएको छ । सो अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले हस्ताक्षर गरेको पत्रमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी अर्घाखाँची, मालारानी गाउँपालिका–५ की ७९ वर्षीय महिलाको बिहान पौने ८ बजेको समयमा मृत्यु भएको हो । उनी ज्वरो र दमको समस्याका कारण सो अस्पतालमा चैत २७ गते भर्ना भएकी थिइन् । सोमबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगङ्गा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सो अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !