६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

चाहिएको छैन तिम्रो समर्थन फिर्ता लैजाऊ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडाैंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू विरुद्धका सबै विरोध र टिका टिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिए ।

उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने “ठेगान लगाउने” चेतावनी दिए । उनले भने, “पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने । बघिनीले तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हँुदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठेगान लगाइने छ । बोलिरहनुभएको छ तर म सीमा हेरिरहेको छु । तपाईहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।”
उनले नेपाल समूहले आफूलाई गरेको कारवाही ‘किर्नाले भैसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे ।
उनले भने, “प्यादाले मन्त्री खान्छ चेसमा । भुसुनाले लामखुट्टेले हात्ती खान्छ । उपियाँले मान्छे खान्छ । कति खान्छ ? तिनीहरुले कम्युनिष्ट आन्दोलन खान्छु भनेको त्यही हो । उपियाँले मान्छे खाए जस्तो । किर्नाले भैसी खाँदैन ।
किर्नाले भैसी खान्छ नि । किर्नाले भैसी खाएको देख्नुभएको छ कि छैन । यिनीहरुले गरेको हामीलाई कारवाही त्यस्तै हो । किर्नाले भैसी खाए जस्तै । किर्नाले भैसी खाने ? मनको यिनको रहर हो । तर  किर्ना किर्नाकै ठाउँमा हुन्छ । भैसी भैसीकै ठाउँमा हुन्छ । सन्तोष गर्न पाईन्छ किर्नाले भैसी खाएकै हो । भैसी खायो खायो खायो पुटुक्क भयो किर्नु फुत्रुक्क झ्रयो । मजाले भैसी खायो, पुटुक्क भयो , फुत्रुक्क झ्यो ।  कति रोएका ? ‘

प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दै समर्थन फिर्ता लिन चुनौति दिए । राजीनामा देऊ राजीनामा देऊ । हटाउन न । हटाउ ! समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ । म सँग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । लैजाऊ । चाहिएको छैन तिम्रो समर्थन । लैजाऊ,” उनले भने ।

प्रधानमन्त्री ओलीले आफै सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यंग्य गरे ।
उनले भने “काँग्रेसकोमा जान्छन् रुन कराउन । अनि जसपाका जान्छन् । अनि हल्ला फैलाउँछन् । केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस् । म दिन्छु टिकट । टिकट त बसपार्कमा बाडेको बाडेई छ त । माधव नेपालले टिकट बाँड्न सक्नुहुन्छ ? अब सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै बन्नुहुन्न अर्कालाई के बनाउनुहुन्छ ?”

प्रधानमन्त्री ओलीले अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गरे माधव नेपाललाई पार्टीमा काम गर्न दिइने भन्दै फर्किन आह्वान गरे । उनले पार्टीमा रहेर काम गर्न दिइने तर गुटबन्दी गर्ने छुट नदिने चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय