७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मैले प्रतिगमन नै गरेको छैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिगमन नगरेको बताएका छन् । बुधबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले केही व्यक्तिको सत्तामा पुग्ने प्रयास विफल भएपछि प्रतिगमन भयो भन्दै हल्ला चलाएको आरोप लगाउए । ओलीले भने, एकथरी मान्छे आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनिरहेका छन्। उनीहरुले प्रतिगमन नै बुझेका रहेनछन्। अहिले संविधान खोसिएको छैन । जनताको अधिकार खोसिएको छ र रु लोकतान्त्रिक मूल्य मान्यतामा असर भयो र रु लुटेरा पारामा सरकारमा पुग्न नपाएपछि प्रतिगमन भयो भनेका मात्रै हुन्।’

ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका कारण एमसिसी सम्झौता सदनमा पेस हुन नसकेको आरोप लगाए । उनले ती दुबै पार्टी सरकारमा हुँदा एमसिसी सम्झौता अघि बढाउने निर्णय भए पनि आफ्नो सरकारले संसदमा पठाएको सम्झौता निर्णयार्थ पेस नै नगरिएको बताए । यस्तो गरिनु संविधान विपरीत भएको ओलीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !