१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरे : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेको बताएका छन् । अखिलले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले ७० वर्ष देखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको बताए । केसीले भने, नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका छन् ।’ अध्यक्ष केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको बताए। दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षतालाई संस्थागत गर्न चुनौती रहेको उनको भनाइ छ । केही दिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको हरिद्वारमा शाही स्नान गरिएको थियो । त्यहाँका साधुसन्तको पूर्वराजा शाहको सम्मानका साथ स्नान गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !