१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

युके भेरिएन्टको कारोनाको संक्रमण तीब्र, एक सातामा ४१९ बालबालिकामा संक्रमण पुष्टि



काठमाडौं : बैशाख २, बालबालिकाका कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक सातामा संक्रमण दर १८ प्रतिशत पुगेको छ । नेपालमा फैलिएको यूके भेरियन्टबाट १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका व्यक्ति बढी जोखिममा रहेकोले विशेष सावधानी अपनाउन विज्ञको सुझाव दिएका छन् । यूके भेरियन्ट पहिलेकोभन्दा बढी आक्रामक र सहजै संक्रमण गर्न सक्ने खालको भएको कारण पनि अहिले बालबालिका र युवाहरुमा जो भीडभाड र समुहमा बढी बस्छन् । उनीहरुमा बढी देखिएको चिकित्सकहरुले बताएका छन् ।

बालबालिकामा कोरोना संक्रमणको पछिल्लो अवस्था

चैत २५ जम्मा संक्रमित २ सय ९८ जना बालबालिका २५ जना
चैत २६ जम्मा संक्रमित ३ सय ३२ बालबालिका ५१ जना
चैत २७ जम्मा संक्रमित २ सय ८८ बालबालिका ३४ जना बालबालिका
चैत २८ जम्मा संक्रमित ३ सय ३७ बालबालिका ५२ जना
चैत २९ जम्मा संक्रमित ३ सय ३ बालबालिका ४७
चैत ३० जम्मा संक्रमित ५ सय ५९ बालबालिका १०४
चैत ३१ जम्मा संक्रमित ५ सय १७ बालबालिका १०६

तथ्याङ्क हेर्दा बालबालिकामा संक्रमण डरलाग्दो गरी बढिरहेको देखिन्छ । बिद्यालय पठाएका बालबालिका संक्रमित हुनेक्रम बढ्दै गएपछि अभिभावकहरु चिन्तित देखिएका छन् । संक्रमण भएका बालबालिकाको जिन सिक्युसिङ्ग परीक्षण गर्दा अधिकासमा यूके भेरियन्ट भनिने नयाँ स्वरुपको भाइरस पुष्टि भएको छ । यो पटक १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका युवाहरुले बढी सावधानी अपनाउन बिज्ञको सुझाब छ । बालबालिकालाई कोरोना संक्रमणबाट बचाउन मास्क लगाइदिने, सरसफाईमा ध्यान दिन र भीडभाडमा नपठाउन विज्ञको सुझाव छ । नेपालमा हालसम्म २१ हजार ३ सय २९ जना १८ वर्षमुनिका बालबालिका कोरोना संक्रमित भएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !