७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

हुन्डी कारोबार गर्ने एक युवा ८ लाख नगदसहित पक्राउ



पर्सा : बैशाख २, जिल्ला प्रहरी कार्यालय पर्साले हुन्डी कारोबार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने भगवानप्रसाद कलवार रहेका छन् । उनलाई प्रहरीले वीरगञ्ज–६ स्थित बाबा होटल नजिकैबाट नियन्त्रणमा लिएर जाँच गर्दा साथमा रहेको झोलाबाट श्रोत नखुलेको नेपाली ८ लाख रुपैयाँ बरामद गरेको जनाएको छ । कलवरामाथि बैकिङ्ग तथा वित्तीय ऐनसम्बन्धी कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले बताए ।


प्रतिक्रिया दिनुहोस !