१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

भारतबाट फर्केका युवाको कोरोना अस्पताल बुटवलमा मृत्यु



पर्सा : बैशाख २, बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी अस्पतालको कोरोना विशेष अस्पतालमा ५ दिनअघि भर्ना भएका पर्वतका एक पुरुषको बुधबार साँझ मृत्यु भएको हो । भारतबाट फर्केलगत्तै स्वास्थ्यमा खराबी आएका पर्वत पयुँ ५ का ३८ वर्षीय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले बताए । उनलाई विगत १० दिनदेखि उच्च ज्वरो आएको थियो । ५ दिनअघि स्वाव परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । यसअघि सोमबार बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय