spot_img
Sunday, May 9, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

काठमाडौँ र बाँके बन्यो कोरोनाको हटस्पट, पछिल्लो २४ घण्टामा ९०० जना संक्रमित फेला

spot_img
spot_img
spot_img
spot_img

काठमाडौँ उपत्यका र बाँके कारोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा ९०० जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन् ।

काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।  यही अवधिमा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: