१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

डान्सबार र दोहोरीसाँझ पूरै बन्द, रेष्टुरेन्ट राति १० बजेपछि



कोरोनाको जोखिम उच्च हुँदै गएपछि सरकारले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ । शनिबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले डान्सबार र दोहोरी साँझ बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो । त्यसैगरी बैशाख २ गते मन्त्रालयले जारी गरेको अर्को अपीलमा काठमाडौं लगायत १४ जिल्लालाई अति जोखिमयुक्त घोषणा गर्दा यी जिल्लाहरुमा भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल गरिएको थियो । यी जिल्लाहरुमा विद्यालयमा समेत नजान भनिएको थियो ।

मन्त्रालयको यही सिफारिसलाई ध्यान दिँदै शनिबारको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु भौतिक रुपमा सञ्चालन नगरी अनलाइन कक्षाहरू मात्रै सञ्चालन गर्न सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।


प्रतिक्रिया दिनुहोस !