१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बादल पुनः ६ महिनाका लागि गृहमन्त्रीमा नियुक्त



काठमाडौं : एमालेका नेता रामबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । एमाले संसदीय दलका नेता ओलीको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७८ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको थियो । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो । गृहमन्त्री थापाले आज साँझ ५ बजे राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम समेत राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !