१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कुलबहादुर केसीलाई पर्ला त चिठ्ठा ? मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाको हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । भावी मुख्यमन्त्रीमा नेकपा माओवादीका केन्द्रीय सदस्य कुलप्रसाद केसीलाई प्रस्ताव अघि सारिएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा माओवादीले दुई सांसदको पद निलम्बन भएसँगै हाल ८५ रहेका छन् ।

सरकार बनाउन ४३ प्रदेश सभाका सदस्यको हस्ताक्षर आवश्यक पर्दछ । जनता समाजवाद पार्टीकी कल्पना पाण्डे र राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । कर्णाली प्रदेश सरकारमा जस्तै लुम्बिनीमा पनि ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री पोखरेललाई पदच्यूत गर्ने योजना भएको पनि बताइएको छ । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको सरकार ढाल्न बहुमतसहितको हस्ताक्षर पुगेको बताइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !