१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

माधवले एमाले पार्टीलाई प्रचण्डको पाउमा चढाउने प्रयत्न गरे : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको आन्दोलनलाई खाडलमा हाल्न खोज्नेलाई कडा भन्दा कडा कारवाही गर्ने बताएका छन् । सोमबार बालुवाटारमा आयोजित एमाले पार्टी महाधिवेशनको आयोजक कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेता नेपालमाथि कारबाही हुने पनि बताए । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही हुन्छ ओलीले भने । उनले वरिष्ठ नेता माधव कुमार नेपालले अलोकतान्त्रिक, गैरसंसदीय र अराजक गतिविधी गरेको आरोप लगाए । प्रधानमन्त्री ओलीले नेकपा एमालले पार्टीलाई प्रचण्डको पाउमा चढाउने नेता नेपाल उद्धत रहेको पनि आरोप लगाए । प्रधानमन्त्री ओलीले कर्णली प्रदेशका केही सांसदहरुले पार्टीको ह्वीव नमानेर अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !