६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

कोरोना बढेपछि सार्वजनिक यातयातमा स्वास्थ्य मापदण्डमा कडाई, मास्क अनिवार्य



सरकारले सार्वजनिक सवारीसाधनमा मास्क अनिवार्य गरेको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सार्वजनिक सवारीसाधनमा मास्क अनिवार्य गरेको हो।

यदि कुनै यात्रुले मास्क नलगाए बढीमा १० रुपैयाँ लिएर चालक वा सहचालकले उपलब्ध गराउनुपर्नेछ। चालक र सहचालकले अनिवार्य मास्क लगाउनुपर्नेछ। मास्क नलगाउने यात्रुलाई सवारीसाधन नचढाउन संचारमन्त्री पार्वत गुरुङले आग्रह गरे।

सरकारको निर्णय अनुसार सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। सवारीसाधनको ढोका र भित्र सेनिटाइजर अनिवार्य रुपमा राख्न भनिएको छ। लामा दुरीका सवारीसाधनले वीचमा यात्रु  चढाउन पाउने छैन। सवारीसाधनले यात्रुको विवरण कोरोना सम्वन्धी जिल्ला समन्वय समितिलाई उपलब्ध गराउनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय