४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

भारतीय कोभिशिल्ड खोप लगाएका डा. केसीलाई कोरोना संक्रमण



काठमाडौं : कोरोना भाइरसको महामारी विरुद्धको कोभिशिल्ड खोप लगाएका हाड जोर्नी रोग विशेषज्ञ डा. कपिलमणि केसीलाई कोरोना संक्रमण भएको छ । कोरोना विरुद्धको खोप लगाएपछि संक्रमण नहुने सम्भावना बढी हुने भए पनि डा. केसीलाई भने खोप लगाएपछि संक्रमण भएको हो । गुल्मीको मदाने गाउँपालिकाका डा. केसीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दुवै खोप लगाएका थिए । उनले पहिलो डोज गत माघ १८ गते लगाएका थिए । डा. केसीले दोस्रो डोज चैत २२ गते लगाएका थिए । दोस्रो खोप लगाएपछि अब कोरोनाले छुँदैन भनेर ढुक्क भएका डा. केसीमा त्यसपछि भने ठूलो समस्या निम्तियो ।


प्रतिक्रिया दिनुहोस !