७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका २ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र ७७ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक पुरुषमा दम र क्षयरोगसमेत थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !