१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

चेन्नेई सुपर किंग्सको दोस्रो जित



काठमाडौं । इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किंग्सले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा चेन्नेईले राजस्थानलाई ४५ रनले हराएर दोस्रो जीत निकालेको हो। जारी प्रतियोगितामा राजस्थानको दोस्रो हार हो । टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८८ रन बनायो । चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे । यस्तै अम्बाती रायडुले २७ रन बनाउँदा मोइन अलीले २६ रन बनाए । यस्तै ड्वायन ब्राभोले अविजित २० रन बनाए । चेन्नेईका कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना समान १८–१८ रन बनाए भने साम कुरन १३ रन तथा रुतुराज १० रनको योगदान गरे ।

राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए । जवाफमा राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदा एकसय ४३ रनमा रोकियो । राजस्थानका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सफल भए । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाए भने शिभंम दुबेले १७ तथा मनन बोहराले १४ रनको योगदान गरे । जितपछि चेन्नेईले तीन खेलमा चार अंक बनाएको छ । यसैबीच आजको खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय