१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

भारतमा तेस्रो दिन पनि २ लाख ५० हजार बढीमा कोरोना पुष्टि, १ लाख ८० हजारको मृत्यु



एजेन्सी : लगातार तेस्रो दिन सोमबार भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५६ हजार ८२८ जना संक्रमित फेला परेका हुन् । यही अवधिमा १ लाख ५४ हजार २३४ जना निको पनि भएका छन् । यसअघि १८ अप्रिलमा १ लाख ४३ हजार जना निको भएका थिए । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार पार भएको छ । भारतमा हालसम्म १ लाख ८० हजार ५५० जनाले ज्यान गुमाइसकेका छन् ।

हरेक दिन हुने मृत्युको संख्यामा भारत विश्वकै शीर्ष स्थानमा पुगेको छ । भारतमा हरेक दिन औसतमा १६ सयभन्दा बढीको मृत्यु भइरहेको छ । दोस्रो नम्बरमा ब्राजिल रहेको छ त्यहाँ १५ सयभन्दा बढीको मृत्यु भइरहेको छ । अमेरिकामा यो आँकडा ४–५ सयको बीचमा रहेको छ । भारतमा सोमबार १७ सय ५७ जनाको मृत्यु भएको छ । सोमबार कूल संक्रमितको ७८.३७ प्रतिशत संक्रमित भारतका १० राज्यमा पाइएको थियो । जसमा महाराष्ट्र, उत्तरप्रदेश, दिल्ली, कर्नाटक, केरल, छत्तीसगढ, मध्यप्रदेश, तमिलनाडु, राजस्थान र गुजराज रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !