७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

भारतबाट फर्केका पूर्वराजा शाहलाई कोरोना संक्रमण



काठमाडौं : भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्केपछि कोभिड-१९ पीसीआर जाँच गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले बताए । पाठकले भने ‘भारत भ्रमणबाट नेपाल फर्किबक्सेपछि कोभिड पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मलनिवासमा सेल्फ आइसोलेसनमा राज होइबक्सेको छ ।’

भारतमा कोरोनाको जोखिम दिनानुदिन बढिरहेको छ । पूर्वराजपरिवार पनि धार्मिक समारोहमा सरिक हुने क्रममा ठूलो भीडभाडमा सहभागी भएका थिए । निर्मल निवास स्रोतका अनुसार यसबीचमा पूर्व राजपरिवारको साथमा रहेका अरुको पनि पीसीआर जाँच गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !